काठमाडौं ११ जेठ । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका बालेन साह र उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार दिएकी सुनिता डंंगोलको जित सुनिश्चित भएको छ ।
अब करिब १९ हजार तीन सय मत गन्न बाँकी रहँदा बालेनले २० हजार भन्दा बढीको मतान्तर बनाएका छन् । यतिबेला सम्म एक लाख ७१ हजार ८ सय २ मत गणना भएसक्दा बालेनले ५५ हजार ७ सय ४७ मत पाइसकेका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३ सय ७१ र एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय २६ मत पाएका छन् ।
यसैगरी, उपमेयरमा सुनिता डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउँदै आफ्नो जितलाई सुनिश्चित बनाएकी छन् । उनले आफ्ना प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतान्तरले पछाडि पारेकी छन् ।
डंगोलले यति बेला सम्म ६० हजार ६ सय ७५ मत पाइसकेकी छन् ।