एक महिना भित्र विद्यालय तहको पाठ्यपुस्तक छापिसक्न संसदीय समितिले दियो सरकारलाई निर्देशन — OSNepal

एक महिना भित्र विद्यालय तहको पाठ्यपुस्तक छापिसक्न संसदीय समितिले दियो सरकारलाई निर्देशन

LC (KTM) May 25, 2022 0

काठमाडौं ११ जेठ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले एक महिना भित्र विद्यालय तहको पाठ्यपुस्त छापिसक्न निर्देशन दिएको छ ।

बुधबार बसेको समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई एक महिना भित्र विद्यालय तहको पाठ्यपुस्त छाप्न निर्देशन दिएको हो ।

जुन छलफलमा शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो ।

उक्त छलफलमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले ३५ लाख पुस्तक मात्र छाप्न बाँकी रहेक र सबै छापेपछि पुस्तक वितरण गरिने जानकारी गराएका छन् ।

विद्यालयको नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना पुग्न लाग्दा पनि सरकारले विद्यार्थीलाई पुस्तक वितरण गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर