काठमाडौं ११ जेठ । भारतले चिनी निर्यातमा रोक लगाउने भएको छ ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले यही जेठ १ (जुन १) देखि आफ्नो देशबाट निर्यात हुने चिनिमा रोक लगाउने निणर्य गरेको हो ।
रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्तिमा समस्या आएपछि भारतले पनि आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहो गर्न यस्तो निणर्य गरेको हो ।
यसको असर अब नेपालमा पनि पर्ने भएको नेपाल चिनी उद्योग संघले जनाएको छ ।