काठमाडौँ ३१ जेठ । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव समुहले जसपाबाट सरकारमा सहभागी भएका नौ जना मन्त्रीलाई स्पष्टिकरण सोधेको छ । हिजो निवार्चन आयोगले दुवै अध्यक्षले एक अर्कालाई गरेको कारवाही अवैध भनेपछि अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुर समुहबाट सरकारमा सहभागी भएका मन्त्रीलाई स्पष्टिकरण सोधेको हो ।
गत जेठ ८ गते बसेको पार्टीको कार्यकाराणी बैठकले प्रधानमन्त्री केपी ओली सरकारमा जानेलाई पार्टीबाट स्वत निष्कासन गर्ने निणर्य गरेको थियो । तथापी सरकारमा सहभागी भएका
उपप्रधानमन्त्री राजेन्द्र महतो र भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री लक्ष्मणलाल कर्णलाई भने स्पष्टीकरण सोधिएको छैन ।
सात दिनको समय दिएर मन्त्रीहरु शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्दा चौधरी, विमलप्रसाद श्रीवास्तव, चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई सात दिने स्पष्टीकरण सोधिएको छ । यावद पक्षले यस भन्दा अघिनै ठाकुर वरिष्ठ नेता महतो र केन्द्रीय कार्यकारिणी सदस्यद्वय कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यसअघि नै निष्काशन गरिसकेको आधारमा महतो र कर्णलाई स्पष्टिकरण नसोधिएको बुझिएको छ ।