पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा ८ जना मोटो रकम सहित समातिए — OSNepal

पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा ८ जना मोटो रकम सहित समातिए

LC (KTM) June 14, 2021 0

नवलपरासी- कावासोती नगरपालिका(२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस – सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक : गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको छ । विष्णु खत्री युटु्यब च्यानलबाट बजारमा ल्याइएको गीतमा गायक खत्री र जुना श्रीष मगरले स्वर दिनुभएको छ । लय, शब्द खत्री आफैँले गर्नुभएको छ ।

गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ । सालैजो गीत भएकाले भिडियोमा धेरैलाई देखाइएको छ । कृष्ण विकको सङ्गीत संयोजन रहेको गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । भिडियो निर्देशन होम गरुङले गर्नुभएको हो ।

गायकले भिडियोलाई आफ्नै जन्मस्थल बाग्लुङ गलकोटमा छायाङ्कन गरिएको बताउनुभयो । उहाँले लकडाउनको समयलाई उपयोग गर्दै मौलिक लोकगीत बजारमा ल्याएको जनाउँदै गीतलाई दर्शक श्रोताले रुचाउनेमा आफू आशावादी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर