काठमाडौ १० जेठ । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित गराउने भएको छ ।
मंगलबार संघीय ससद भवनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउने सरकारले घोषणा गरेको बताएकी हुन् ।
पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रवाही बनाइने जारी नीति तथा कार्यक्रम प्रस्तुतमा उल्लेख गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित गराइने राष्ट्रपति भण्डारीले बताएकी छन् ।