काठमाडौं १० जेठ । गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गरिने भएको छ ।सरकारले पहिचान गरेका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गरिने भएको हो ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब तथा विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताएकी हुन् ।
हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जंन कार्यक्रममा समेत मानव विकास सूचांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने उनले बताएकी छन् ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।