काठमाडौंं १० जेठ । फेरि एक पटक प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने भएको छ ।
आज मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको बताएकी हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी,सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गर्ने गरी उक्त प्रस्तुत नीति तथा कार्यक्रममा जानकारी गराइएको छ ।
सबै तहको स्वामित्व स्थापित हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुन संरचना गरिने बताइएको छ ।