काठमाडौं-बृहत् नागरिक आन्दोलनका एक अगुवा खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुन्डा नाइकेको संज्ञा दिएका छन्। उनले सामाजिक संजाल ट्टिरमा ट्विट गर्दै उनले यस्तो बताएका हुन् । बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्ध दिन भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीलाई धम्की दिइएको खबर सार्वजनिक भएपछि खगेन्द्रको यस्तो भनाइ आएको हो ।
उनले लेखेका छन् बालुवाटार (प्रधानमन्त्रीको निवास) गुन्डाको अखडा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ गुन्डा तथा प्रधानमन्त्री ओली गुन्डाको नाइके ।
आयोगका उपाध्यक्ष डा. गिरीलाई आफ्नो सरकारी निवास (बालुवाटार) मै बोलाएर प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर बी एन्ड सीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको र उनको ज्यान असुरक्षामा परेको भन्दै आइतबार बृहत् नगारिक आन्दोलन र सोलिडारिटी फर डा। केसी अलायन्सले सुरक्षा माग गरेका छन्।