पोखरा १० जेठ । जारी मतगणना अन्तिम अवस्थामा पुग्नै लाग्दा आफ्नो जित सुनिश्चित भएको भन्दै गठवन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार दिएका धनराज आचार्य काठमाडौं आइ फर्किएका छन् । उनले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर पोखराका लागि बजेट मागेका हुन् ।
मत गणना गर्न ३ हजार ८१५ मत मात्रै बाँकी रहँदा धनराज ५ हजार ४८५ मतान्तर अगाडी रहेका छन् । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ल्यान्डफिल्ड साइट सार्न आवश्यक पर्ने बजेट माग गरेका हुन् ।
यता उपमेयरमा उपेयरमा मञ्जुदेवी ३ हजार ९९० मतान्तरले अगाडी रहेकी छन् । उनले जितको कुरामा आफु पहिल्यै पक्का भएको भन्दै बजेट आउँदै गर्दा पोखरालाई पनि तत्काल समेट्नुपर्ने भन्दै अर्थमन्त्री शर्मासँग तत्काल समेट्नुपर्ने योजना जानकारी गराएर आएको बताएका छन् ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले ९८ प्रतिशत काम सकिए भएपनि नजिकै रहेको ल्यान्डफिल्ड साइटको समस्या समाधान हुन सकेको छैन ।