काठमाडौं :
नायिका सुरक्षा पन्त प्रस्ट वक्ता हुन् । थोरै फिल्म खेले पनि राम्रो नाम र दाम कमाउन सफल यी सुन्दरी पछिल्ला दिनमा कान्सको रेड कार्पेटमा हिँडेसँगै थप चर्चामा छिन् ।
सुरक्षा पन्तले तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको यही पहिरन लगाएसँगै उनको पहिरनको त चर्चा भयो नै उनले लगाएको पहिरन आकर्षक १५ को सूचीमा समेत पर्यो । सुरक्षाले फ्रेन्च फिल्म ुद एट माउन्टेन्सु मा सानो भूमिका निर्वाह गरेकी थिइन्।
गत बुधबार कान्समा यो फिल्मको प्रिमियर थियो। यही फिल्मको प्रतिनिधित्व गर्दै उनी फ्रान्स पुगेकी हुन्। कान्सको रेड कार्पेटमा आधिकारिक रूपमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेसँगै सुरक्षाको नेपालमा मात्रै नभएर विश्वभर तारिफ सुरु भएको छ ।
नेदरल्यान्ड्सको एक अनलाइनले यस विषयमा समाचार प्रकाशित गरेसँगै सुरक्षासहित उत्कृष्ट पहिरन लगाउने सुन्दरीहरुको चर्चा भएको छ । उक्त समाचारमा सुरक्षाको तस्बिरसँगै लेखिएको छ – सुरक्षा पन्तले ‘द एट