ललितपुर १० जेठ । ललितपुर महानगरपालिकामा अब मात्र ५ हजार ९९८ मत गन्न बाँकी रहेको छ । अहिलेसम्म गणना गरिएको ७९ हजार ८६३ मत मध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ३९ हजार २३२ मत पाएका छन् ।
उनका प्रतिद्धन्दी एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ४९२ मत पाएका छन् । योसँगै मत गणना सम्पन्न हुनु अगावै ललितपुरमा चिरिबाबु विजयी भएका छन् । अब गणना हुने मत सबै व्यञ्नकारको पक्षमा रहेपनि उनको जम्मा २९ हजार ४९० मात्र हुन्छ । जबकी चिरिबाबुले अहिले नै ३९ हजार २३२ ल्याइसकेका छन् ।
त्यसैगरी , उपमेयरमा भने एमालेकी मञ्जली शाक्यले २३ हजार ७३१ ल्याउँदै आफ्नो अग्रता कायम राखेकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार दिएका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १७ हजार २६३ मत मात्र पाएका छन् ।
अहिले ललितपुरमा २७ र २८ को मतगणना जारी रहेको छ ।