वीरगञ्ज १० जेठ । सत्ता गठवन्धनले वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुखमा नेकपा एमालेलाई हराएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट नग र प्रमुखको उम्मेदवार दिएका राजेशमान सिंह ४६ हजार २१५ मत सहित विजयी भएका हुन् ।
उनले आफ्ना प्रतिद्धन्दी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीलाई २२ हजार ५५५ मतान्तरले पराजित गरेका हुन् । सरावगीले २३ हजार ६७१ मत पाएका छन् ।
उपप्रमुखमा गठवन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेस इम्तियाज आलम ३० हजार ७८ मतसहित विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झालाई पराजित गरेका हुन् । झाले ९५६८ मतमात्रै पाएका छन् ।
यता राप्रपाकी चिना जैसवालले ५९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३९०९ मत पाएका छन् । ३२ वडा रहेको वीरगञ्जमा १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।