काठमाडौं ९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित्नु अपवाद भएको बताएका छन् । स्वतन्त्र उमेदवारको जितले दलीय व्यवस्थालाई नै कमजोर व्याख्या गलत भएको बताएका उनले राजनीतिमा कहिलेकाहीँ
स्वतन्त्र जिताउने हावा चल्ने भन्दै अहिले पनि काठमाडौंसहितका ठाउँमा त्यस्तो हावा चलेको टिप्पणी गरेका छन् । निर्वाचन परिणामबारे धारणा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने , राजनीतिमा कहिलेकाहीँ त्यस्तो हावा चल्छ । दलहरूभन्दा बाहिरबाट जिताइयो
भने त्यसले पो केही गरिहाल्छ कि भनेर मान्छेहरूलाई लाग्न सक्छ ,काठमाडौंमा पनि त्यही भयो ।” उनले निर्वाचनमा आफ्नो कमीकमजोरी भए समीक्षा गर्ने बताएका उनले उमेदवार छनोटमा कमीकमजोरी भएको भन्ने निष्कर्ष आए आगामी
दिनमा सच्याउने समेत स्पष्ट पारेका छन् ।