जति पनि बलिउडमा चलेका कलाकारहरु छन् उनीहरुको चिनिएको नाम र वास्तबिक नाम एकदमै धेरै फरक हुने गरेको छ । धेरै जसो फ्यानहरुलाई चर्चित कलाकारको नाम थाहा हुने गरेको छैन । आज हामी तपाई लाई साउथमा सुपरस्टार तथा आरआरआरका स्टारर जुनियर एनटिआरको बारेमा बताउन गई रहेका छौ । उनको नाम एकदमै फरक र अचम्मको रहेको छ । नामको अलवा अन्य बिषयको बारेमा पनि हामी तपाई लाई जानकारी दिदैछौ ।
जुनियर एनटीआरको जन्म २० मे १९८३ मा कर्नाटकको कुन्दपुरमा भएको थियो। जुनियर एनटीआरका फ्यानहरू साउथमा मात्रै नभएर विश्वभर नै धेरै नाम कमाएका छन् । उनको फ्यान फलोइङ निकै उच्च छ । देश(विदेशमा उनको बलियो फ्यान फलोइङ छ र यसबाट अनुमान गर्न सकिन्छ कि जुनियर एनटीआर एक पटक लन्च कार्यक्रममा पुगेका थिए, जहाँ उनका करिब १० लाख फ्यान पुगेका थिए। जुनियर एनटीआर आजको समयमा साउथ इन्डस्ट्रीका साथै हिन्दी क्षेत्रका सुपरस्टार बनेका छन् ।
अर्कोतर्फ उनको पारिवारिक पृष्ठभूमिको कुरा गर्ने हो भने उनले बाल कलाकारको रुपमा करियर सुरु गरेका हुन् । उनका बुबा पनि साउथ इन्डस्ट्रीका ठूला स्टार थिए । त्यतिबेला उनी राजनीतिक रुपमा पनि आबद्ध थिए । जुनियर एनटीआरका पिताको नाम नन्दमुरारी हरिकृष्ण र आमाको नाम शालिनी भास्कर थियो। उनका फ्यानहरू यो थाहा पाउँदा छक्क पर्नेछन् कि उनका पिताले उनको बाल्यकालमा नाम तारक राखेका थिए, तर पछि उनका हजुरबुवा एनटीआर रावले उनको नाम नन्दमुरी तारका रामा राव राखेका थिए।