उपत्यकामा खानेपानी वितरणको समय तालिका फेरबदल ,बालाजुमा ९ दिन बिराएर पानी आउने (सुचना सहित) — OSNepal

उपत्यकामा खानेपानी वितरणको समय तालिका फेरबदल ,बालाजुमा ९ दिन बिराएर पानी आउने (सुचना सहित)

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । काठमाडौं उपत्यकाको खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । आज सोमबार केयूकेएलले एक सुचना जारी गरी सबै उपत्यकावासीलाई जानकारी गराएको छ ।

सुचनामा मेलम्चीको पानी नआउन्जेसम्म ग्राहकहरुलाई वितरणका लागि हुने खानेपानी परिमाणको कमीलाई ध्यानमा राखी हालको खानेपानी वितरणको तालिकामा फेरबदल गरिएको उल्लेख गरिएको छ ।

ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने ,बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउने तथा महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर