कैलाली ९ जेठ । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले ‘पञ्चवर्षीय योजना लागू हुने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै हमालले आफ्नो प्रतिवद्धता भनेको ‘प्राथमिकताको आधारमा विकासलाई अगाडि लागे र पञ्चवर्षीय योजना लागू गर्ने भएको बताएका हुन् ।
धनगढीवासीलाई उनले आफुलाई उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा नअल्झाउन समेत आग्रह गरेका छन् । अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगेको बताएका उनले आफुलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिन हुन आग्रह गरेका हुन् ।
उनले भनेका छन् , ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक कामबाहेक उद्घाटन, सभा–सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’