चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा गठवन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० हजार मतको अग्रता लिएर आफु लाई अग्रस्थानमा राख्न सफल भएकी छन् ।
रेणुले १० हजार १२६ मत अन्तरले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पारेकी हुन् । सुवेदीले यति बेला सम्म
३४ हजार १७९ मत पाएका छन् ।
रेणुले ४४ हजार ३०५ पाएकी छन् । यता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् । पौडेल रेणु भन्दा ३० हजार भन्दा बढी मतले पछाडि रहेका छन् ।
साथै, उपमेयरमा पनि गठवन्धनकै नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४५ हजार ४६८ मत पाएका छन् । उनका प्रतिद्धन्दी राप्रपाकी हिमला गुरुङले २७ हजार ४६ पाएकी छन् । अधिकारी गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् ।