काठमाडौं ९ जेठ । बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध म्याद थपको तयारी भएको छ ।
आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगितामा एक किशोरीमाथि बलात्कार गरेको आरोपमा nअपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट निजलाई पक्राउ गरेको हो ।
आज म्याद थपका लागि उनलाई अदालत लैजाने तयारी भएको प्रहरी जनाएको छ ।बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले पाण्डेमाथि मानव बेचविखन तथा ओसारपोसार मुद्दामा अनुसन्धान अगाडि बढाइएने प्रहरीले जनाएको छ ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।