पोखरा-पोखरा महानगरमा एमाले मेयर उम्मेदवार कृष्ण थापाको वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।थापाको वडा रहेको पोखरा वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले ३ हजार ३१८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजेश गुरुङले ३ हजार १७० मत मात्र ल्याएर पराजित भए । वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भए पनि मेयरमा भने थापाले ९५४ मत बढी ल्याएका छन्।
थापाले ३ हजार ४४६ मत पाउँदा गठबन्धनका उम्मेदवार धनराज आचार्यले २ हजार ४९२ मत पाएका छन्। पोखरा महानगरको हालसम्म १ लाख ७ हजार ९६२ मत गणना सकिएको छ। पोखरा महानगरको मेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले ४३ हजार २१५ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापाले ३९ हजार ७९८ मत पाएका छन्।
स्तै राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ४ हजार ८१५ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ६९३ मत पाएका छन्।उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले ४४ हजार ९५० मत पाएकी छिन् भने कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत पाएकी छिन्।