काठमाडौं ८ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहँदा गठवन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी र्सिजना सिंहले भने आफ्नो मतान्तर बढाएकी छन् ।
पछिल्लो मत परिणाम अनुसार सिंहले २३ हजार आठ सय ५५ मत पाएकी छन् । जुन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार दिएका केशव स्थापितका भन्दा आठ सय ३१ मत धेरै हो ।
स्थापित यति बेला सम्म २३ हजार २४ मत पाउँदै तेस्रो स्थानमा परेका छन् । आफ्नो अग्रता कायमै राखेका बालेन साहले भने ४१ हजार दुई सय ७९ पाएका छन् ।
काठमाडौंमा एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत पाएका हुन् । बालेनले १७ हजार चार सय २४ मत मतान्तर बनाएका छन् ।