भ्यु टावरको बिरोध गर्ने लाई ओलीले दिए कडा कटाक्ष, भन्छन् -फ्रान्सको इफेल टावरको टुप्पामा धान, मकै , कोदो फलेको खोजेर हुदैन — OSNepal

भ्यु टावरको बिरोध गर्ने लाई ओलीले दिए कडा कटाक्ष, भन्छन् -फ्रान्सको इफेल टावरको टुप्पामा धान, मकै , कोदो फलेको खोजेर हुदैन

LC (KTM) May 22, 2022 0

पछिल्लो समय बनिरहेका भ्यु टावरका बिषयलाई लिएर अनेक टिकाटिप्पणी बाहिर आईरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राय दिएका छन् । उनले भ्यु टावरहरुको बिरोध गर्नेहरुलाई नराम्रो संग कटाक्ष प्रस्तुत गरेका छन् । उनले आफ्नो सरकारको पालामा बनाइएका सबै भ्यु टावरहरु एक इतिहास रहेको प्रतिक्रिया दिएका छन् । कवि मीना श्रेष्ठको कविताकृति ‘फर्गेट स्टर्डे’ विमोचन समारोहलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्यु टावरको विरोध गर्नेहरु लाई प्रश्न गरेका छन् के बिदेशका ‘इफेल टावर र वासिङटन टावर’ बनाउनेहरु बुद्धि नभएकै हुन् त ?

उनले कटाक्ष गर्दै फ्रान्सको इफेल टावर उसो भए बुद्धि नभएकैले बनाउने हो त भन्दै प्रश्न गरेका छन् । एउटा पार्टीले आफ्नो घोषणापत्रमै भ्युटावर बनाउँदिन, भ्युटावर बनाउने काम छैन भनेर घोषणा गरेको प्रति इंगित गर्दै ओलीले भने-, ‘इफेल भन्ने इन्जिनियर जसले इफेल टावर बनाए । बुद्धि नभएका रहेछन् कि क्या हो ? ओलीले इफेल टावर फ्रान्सको प्रतिक भएको भन्दै जसले फ्रान्सलाई अरबौको आम्दानी दिएको बताए । उनले भ्युटावरमा धान कोदो नफल्ने समेत ब्यंग गरे । उनले भने- भ्यु टावर एक टावर मात्र हो । त्यसको टुप्पामा धान फल्दैन । कोदो पनि फल्दैन, अलिक तल मकै फल्दैन । आँप लिची पनि फल्दैन, पैसा मात्रै फल्छ भ्यु टावरमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर