सुनसरी ८ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् ।
गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित पार्दै राई मेयरमा निर्वाचित भएका छन् । लौरो चुनाव चिन्ह पाएका राईले २० हजार ८२१ मत सहित विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ पाउँदै पराजित भएका हुन् । त्यसैगरी , नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाएकी छन् ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा २० हजार ५१० मत सहित निर्वाचित भएका छन् । उनले एमालेका पदमप्रसाद लिम्बुले लाई पराजित गरेका हुन् । लिम्बुले १७ हजार ६०६ मत पाएका छन् ।