पोखरामा धनराजले बढाए ३ हजार भन्दा बढीको मतान्तर — OSNepal

पोखरामा धनराजले बढाए ३ हजार भन्दा बढीको मतान्तर

LC (KTM) May 22, 2022 0

पोखरा ८ जेठ । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा गठवन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् ।

१ लाख ७ हजार ९६२ मत गणना हुँदा आचार्यले ४३ हजार २१५ पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ३९ हजार ७९८ मत ल्याएका छन् । आचार्यले ३,४१७ मत सहित थापालाई पछाडि पारेका छन् ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का श‌ंकर खरालले ४८१५ मत र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २६९३ मत पाएका छन् । उपमेयरमा
नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४४ हजार ९५० मतसहित अग्रस्थानमा रहेकी छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत पाएकी छन् । साथै, राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ४७४१ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर