बिरामी बोकेको एम्बुलेन्स दुर्घटना — OSNepal

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

LC (KTM) May 22, 2022 0

जुम्ला ८ जेठ । जुम्लाको कनकासुन्दरी गाउँपालिका ६मा स्थित दाँते ओखरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

दुर्घटनामा परि तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घाइते अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिकाको उक्त एम्बुलेन्स सड्कबाट १५र२० मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर