धनगढी ८ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउने कामलाई पनि पहिलो प्राथमिकता दिने बताएका छन् ।
गठवन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हमालले विजयी पछि पत्रकाहरुसँगको कुराकानीमा सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने बताएका हुन् ।
आर्थिक वर्षको अन्त पनि आइसकेकोले जति पनि पेन्डिङ योजनाहरु तिनलाई समयसीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान उनले बताएका छन् ।
‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ । किनभने जबसम्म सचिवालय सुदृढीकरण हुँदैन, तबसम्म कुनै पनि योजनाहरु सही तरिकाले कार्यान्वयन हुँदैनन्’ उनले भने ।
इमान्दारीपूर्वक सबैको साझा उपमहानगरपालिकाको रुपमा धनगढीलाई विकास आफ्नो योजना रहेको बताएका उनले सचिवालयलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा कार्यालय प्रमुख, विभिन्न शाखा प्रमुखहरुसँग छलफल गर्ने बताएका छन् ।