चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल निकट्तम प्रतिद्धन्दी एमालेका बिजय सुबेदी भन्दा भारी मतअन्तरले अगाडि रहेकि छिन् । पछिल्लो प्राप्त मत परिणाम अनुसार रेनुले एमालेका सुबेदी भन्दा करिब ७ हजार बढी मत पाएकी छिन् । रेनुले ३२ हजार ५१९ मत पाउँदा एमालेका सुवेदीले २५ हजार ५८० मत पाएका छन् ।
मुख्य प्रतिस्पर्धी रेनु र विजयको मत अन्तर ६ हजार ९३९ रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २९६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ३४ हजार ९३४ मतका साथ अगाडी रहेका छन् । राप्रपाकी हिमला गुरुङले २० हजार ३१ मत रहेको छ । हालसम्म भरतपुरमा ८३ हजार १११ मतगणना भइसकेको छ ।