काठमाडौँका यि चार स्थानमा आज र भोली भेरोसेल खोप लगाँइदै — OSNepal

काठमाडौँका यि चार स्थानमा आज र भोली भेरोसेल खोप लगाँइदै

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । काठमाडौं महानगरपालिकाले आज र भोलि उपत्यकाका चार स्थानबाट भेरोसेल खोप लगाउने भएको छ । बिहान १० बजे देखि सुरु हुने कोरोना विरुद्धको खोपकार्यक्रम बेलुका ४ बजे सम्म सञ्चालनमा आउने भएको छ ।

गत जेठ २५ बाट लगाउन सुरु गरिएको खोपको अभाव भएपछि पाँच दिनको कार्यक्रम स्थगि भएको थियो । जसलाई निरन्तर दिन आज र भोली काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने कार्यक्रम रहेको छ ।

पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, तथा पहिलो डोज लगाएका स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन समेत हिजो जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर