कोरोना उपचारमा बहुविधि उपयोगी हुने चिकित्सकहरूको सुझाव — OSNepal

कोरोना उपचारमा बहुविधि उपयोगी हुने चिकित्सकहरूको सुझाव

LC (KTM) June 14, 2021 0

काठमाडौँ । कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ ।केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा। प्रदीप केसीले एउटै उपचार विधिमा सीमित हुनुभन्दा विभिन्न चिकित्सा प्रणालीबाट कोरोनाको उपचार गरे चाँडै निको हुने बताउनुभयो । “आयुर्वेदिक उपचार मात्र भनेर पनि बस्नु हँुदैन, न एलोपेथिक मात्र । दुवैलाई सँगै लैजान सके बिरामी चाँडै निको हुने देखिएको छ”, उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।यो खबर गोरखापत्र दैनिकमा छ ।

आयुर्वेद चिकित्सालय नरदेवीमा एचडीयू ९हाई डिपेन्डेन्सी युनिट०सहितको आइसोलेसन सेन्टरमा रहेका सङ्क्रमितको उपचारमा आयुर्वेद, एलोपेथी, योग, प्राणायाम, कपिङ थेरापी, फिजियोथेरापी प्रयोग सुरु गरेको जानकारी उहाँले दिनुभयो । विभिन्न रोग र जटिल अवस्थाका बिरामीलाई पनि १० दिनमा निको गर्न सफल भएको दाबी गर्दै डा। केसीले यो एकीकृत चिकित्सा प्रणाली कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी देखिएको पनि प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर