काठमाडौं ६ जेठ । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका बालेन साहले आफ्नो मतान्तर लाई फाराकिलो बनाउँदै लगेका छन् ।
१३ हजार पाँच सय २९ मतको अग्रता लिएका साहले अहिलेसम्म २९ हजार ६ सय ७९ मत प्राप्त गरिसकेका छन् । ८० हजार ९६ मतगणना भएको काठमाडौमा बालेनको पक्षमा २९ हजार भन्दा बढी मत खसेको हो ।
पाचँ दलीय समर्थन पाएंकी पाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १५ हजार दुई सय ६२ मत पाएकी छन् । तयसैगरी एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार एक सय ५० मत पाएका छन् ।
यता उपमेयरमा पनि एमालेको तर्फबाट उम्मेदवार दिएकी सुनिता डङ्गोलको अग्रता लिएकी छन् । डंगोलले पनि २९ हजा र ७ सय ७ मत पाएकी छन् ।
डंगोलले पनि पाँच दलीय समर्थ नमा उम्मे दवार दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पाखा लगाउँदै २० हजार ८६ मतले अघि भएकी छन् । श्रेष्ठले ९ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।