चितवन ६ जेठ । भरतपुर महानगरमा झण्डै ६१ हजार मत गणना भइसकेको छ । सत्ता गठवन्धनको तर्फबाट महानगरको मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी निर्वतमान मेयर रेणु दाहाल फराकिलो मतान्तरसँगै अग्रस्थानमा पुगेकी छन् ।
आज साँझ सम्मको मतगणना अनुसार दाहालले २३ हजार १५४ मत पाएकी छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १९ हजार ७२२ मत पाएका छन् ।
अर्का स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले भने ८ हजार ५१३ मत पाएका छन् । रेणु दाहाल प्रतिद्वन्द्वी भन्दा ३ हजार ४३२ मतले अगाडी छन् । योसँगै माओवादीले भरतपुर पकडमा पारेको छ ।
एमाले उम्मेदवार सुवेदीको मत बढ्न सकेको छैन ।