काठमाडौं ६ जेठ । रौतहटको राजपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका मोहम्मद राजिक आलम निर्वाचित भएका हुन् ।
६ हजार ३३५ मत सहित निर्वाचित राजिक आलम महम्मद अफताब आलमका कान्छा छोरा हुन् । पूर्वमन्त्री तथा सांसद महम्मद अफताब आलम यति बेला ज्यान लिएको अभियोगमा पूर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।
उनले जसपाका मोहम्मद जैदलाई पराजित गरेका हुन् । जैदले तीन हजार ७५१ मत पाएका छन् । उपमेयरमा पनि कांग्रेसकै जमिला असगरी ६ हजार २६८ मत निर्वाचित भएकी छन् ।
असगरीले जसपाका चिन्ताकुमार कलवार हराएकी हुन् । कलवारले तीन हजार ६२९ मत पाएकी छन् ।