आठ वर्ष अघि ‘ब्यूटी प्याजेन्ट’मा भएको बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सभामुखको सरकारलाई निर्देशन — OSNepal

आठ वर्ष अघि ‘ब्यूटी प्याजेन्ट’मा भएको बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सभामुखको सरकारलाई निर्देशन

LC (KTM) May 20, 2022 0

काठमाडौ ६ जेठ । आज बसेको संसद बैठकले आठ वर्ष अघि एक ‘ब्यूटी प्याजेन्ट’मा भएको बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रकरणको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएका हुन् ।

पिडित युवतीले आफुले भोगेको यौन हिंसाको विषयमा सामाजिक सञ्जाल मार्फत एक भिडियो सार्वजनिक गरेपछि यस विषयमा सबैको चासो बढेको हो । बैठकमा सांसद गगन थापाले समेत यस विषयमा ध्यानाकषर्ण गराएका छन् ।

‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’ सभामुख सापकोटाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर