युरोकप फुटबलको मैदानमा भयो यस्तो हृदयबिदारक घटना, मृत्युको मुखमा पुगेर फर्किए डेनमार्कका खेलाडी , उपचारमा संलग्न डाक्टर नै भन्छन् - यो कसरी संभव भयो हामीलाई नै थाहा छैन — OSNepal

युरोकप फुटबलको मैदानमा भयो यस्तो हृदयबिदारक घटना, मृत्युको मुखमा पुगेर फर्किए डेनमार्कका खेलाडी , उपचारमा संलग्न डाक्टर नै भन्छन् – यो कसरी संभव भयो हामीलाई नै थाहा छैन

LC (KTM) June 13, 2021 0

युरोकप फुटबलमा फिनल्याण्ड र डेनमार्क बीच खेल भइरहदा अचानक डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा ढले । उनको मैदानमै राखेर उपचार गर्ने केशीस गरियो तर संभव भएन ।

उनी बाँच्छन् भन्ने आशा सबैले कमै गरेका थिए । सबै खेलाडी मैदानमै हृदयबिदारक ढंगले रुए । आखिर उनै एरिक्सन मृत्युको मुखमा पुगेर फर्र्किएका छन् । उनी ढल्नुको कारण हृदयघात भएको पुष्टि भएको छ । डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएको पुष्टि गरे ।

ुउनी गईसकेका थिए । हामीले कार्डियक रिससिटेसन सीपीआर गरेका थियौं । यो हृदयघात थियो, डाक्टर मोर्टेनले भने, उनलाई गुमाउन हामी कति नजिक थियौं । मलाई थाहा छैन । तर, हामीले उनलाई एक डिफिब्रिलेसन पछि फिर्ता ल्यायौं ।

शनिबार राति फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए । उनलाई मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर