काठमाडौं ६ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका बालेन साहले यति बेला सम्म २८ हजार २९२ मत पाउँदै आफुलाई अग्रस्थानमा राख्न सफल भएका छन् ।
यता पाँच दलीय गठवन्धनको समर्थन पाएकी नेपाली कांग्रेसकी र्सिजा सिंहले १४ हजार ६५७ मत पाउँदै तेस्रो स्थानमा परेकी छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ९८० मतका साथ दोस्रो स्थानमा रहेका छन् । हाल सम्म काठमाडौं महानगरपालिकाको ७४ हजार १९३ मत गणना भइसकेको छ ।