इटहरी ६ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले आफ्नो मतान्तर बढाएका छन् । हर्क साम्पाङले सत्ता गठवन्धनको साथ पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै आफ्नो अग्रता कायम गरेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार ३९ हजार ३५७ मत गणना भएको छ । जसमा हर्कले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । कांग्रेसका राईले १० हजार ७१८ मत पाएका छन् । एमालेकी मञ्जु भण्डारीले भने ८ हजार ७३९ मत पाएकी छन् ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघा १२ हजार ३७६ मत सहित अग्रस्थानमा रहेका छन् ।
यता एमालेका पदम इस्वो लिम्बुले ११ हजार ७६५ मत पाएका छन् ।