किराँतहरुको आस्थाको धरोहर खुवालुङ ढुंगा नफुटाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङको प्रतिबद्धता — OSNepal

किराँतहरुको आस्थाको धरोहर खुवालुङ ढुंगा नफुटाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङको प्रतिबद्धता

LC (KTM) June 13, 2021 0

प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा रहेको किराँतहरुको आस्थाको धरोहर खुवालुङ ढुंगा फुटाएर जल यातायात संचालन गरिने बताएपछि देशभर त्यसको बिरोध भएको थियो । त्यसलगत्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राईहरुको भावनामा चोट पुगेको देखेपछि ढुंगा नफुटाईने प्रतिबद्धता जनाएका थिए ।

त्यस पछि अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा नचलाइकन त्यहाँको जल यातायात सुचारु गर्ने गरी योजना बनाइएको बताएका छन्। मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन आज उनले कतिपयले खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजेको आरोप लगाउँदै सो क्षेत्रमा जल यातायात सञ्चालनका लागि मार्ग रुट निर्माण गर्दा त्यहाँका ढुङ्गा ध्वस्त गर्न नखोजिएको बताए।

प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुङ्गाको संरक्षण गर्ने समेत निर्णय गरिसकेको छ । मन्त्री नेम्बाङले त्यो रुटमा जल यातायात चलाउने विषयमा विवाद गर्नुपर्ने ठाउँ नरहेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर