काठमाडौं ६ जेठ । बलात्कार पीडितलाई न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अगाडी धर्ना दिइएको छ । आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगितामा एक युवती बलात्कृत भएकी थिइन् ।
पिडित युवतीले सामाजिक सञ्जाल मार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुसाल गरेपछि यसको विरोधमा आज बालुवाटारमा ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाहरुले धर्ना दिएका हुन् ।
धर्नामा सहभागी भएकाहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ को आयोजकले होटलमा बोलाएर बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको पिडित युवतीले उक्त भिडियोमा बताएकी छन् ।