काठमाडौ ६ जेठ । काठमाडौं महानगरपालिकाको कोर एरिया मध्ये २ वटा वडामा जारी मतगणनामा नेकपा एमालेका केशव स्थापितले आग्रता लिएका छन् । एउटामा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
अहिले कोर एरियाभित्रका वडा नम्बर २५, २६ र २७ को मतगणना भइरहेको छ । जसमा वडा २५ मा स्थापित अगाडी परेका छन् । उनले १०० मत गन्दा २० मत पाएका छन् । बालेनले १८ र नेपाली कांग्रेकी सिर्जना सिंहले १६ मत पाएकी छन् ।
त्यसैगरी, वडा २७ मा पनि स्थापितले सुरुवाती अग्रता लिएका छन् । १२९२ मत गणना भइसक्दा स्थापितले ४११ मत पाएका छन् । दोस्रोमा सिंजना सिंहले ३०० मत पाएकी छन् । बालेनले भने २१० मत पाएका छन् ।
तिन वडा गरी अहिले सम्म १४९२ मत गणना भइसकेको छ । जसमा पहिलो स्थापित भएका छन् उनले ४५१ मत ल्याएका छन् । दोस्रोमा कांग्रेकी सिंर्नना सिंहले ३३१ मत पाएकी छन् ।
तेस्रो स्थानमा बालेन साह परेका छन् उनले हाल सम्म तिन वडाबाट २६६ मत पाएका छन् ।