भ्वाइस अफ नेपालका कोच दिप लाई संगीतकार संघद्धारा २ लाख सहयोग — OSNepal

भ्वाइस अफ नेपालका कोच दिप लाई संगीतकार संघद्धारा २ लाख सहयोग

LC (KTM) June 13, 2021 0

यो कोरोनाको महामारीको बेला नेपालका धेरै सेलीब्रेटीहरु कोरोनाको संक्रमणमा परे । त्यस्तै नेपालको चर्चित गायन रियालीटि शो भ्वाइस अफ नेपालका दुई जना कोचहरुमा पनि कोरोना देखियो । कोच प्रमोद र कोच दिप दुबैजनाले कोरोनालाई जितेर फर्किसकेका छन् ।

यसैबीच कोभिड १९ पोजेटिभ भएर लामो समय अस्पताल बसेर घर फर्किएका गायक श्रेष्ठलाई संगीतकार संघले आर्थिक सहयोग गरेको छ । संघले २ लाख सहयोग गर्ने निर्णय गरेको हो । संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष पारस मुकारुङले दीप श्रेष्ठको नाममा काटिएको चेक फेसबुकमा राख्दै यो जानकारी गराएका हुन् । दीप श्रेष्ठले दुई हप्ता ह्याम्स अस्पतालमा बिताएका थिए ।

दीप श्रेष्ठ बिरामी भएसँगै उनको उपचारका लागि सरकार अघि सर्नुपर्ने भन्दै संगीतकर्मीले आवाज उठाएका थिए । तर, सरकारले उनको उपचारका लागि सहयोग भने गरेको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर