दोलखा ६ जेठ । दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
कांग्रेसका उम्मेदवार र्इश्वर नारायण मानन्धर ८ हजार ७२३ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका हरिवंश चौलागाईले ७ हजार ३०१ मत पाएका थिए ।
उपमेयरमा भने, नेकपा एमालेकी कमला बस्नेत ७ हजार २६४ मत सहित विजयी भएकी हुन् । उनले गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गरेकी हुन् ।
संगीताले ६ हजार ९२१ मत पाएकी थिइन् ।