एक्कासी किन पुगिन् बलिउड अभिनेत्री मनिषा कोईराला प्रहरी प्रधान कार्यालय नक्साल ? महानिरिक्षकलाई नै भेट्नु पर्ने कारण यस्तो रहेछ — OSNepal

एक्कासी किन पुगिन् बलिउड अभिनेत्री मनिषा कोईराला प्रहरी प्रधान कार्यालय नक्साल ? महानिरिक्षकलाई नै भेट्नु पर्ने कारण यस्तो रहेछ

LC (KTM) June 13, 2021 0

बलिउडमा एक समय धुम मच्चाएकी नेपाली चेली तथा नायिका मनिषा कोईराला यो महामारीका बेला सहयोग गर्नमा जुटिरहेकी छिन् । उनले कहिले अस्पताललाई सहयोग गरिरहेकी छिन् त कहिले कोरोनाको चपेटामा परेका परिवारजनलाई सहयोग गरिरहेकी छिन् ।

उनले यो महामारीको बेला फ्रन्टलाईन खटिएर काम गर्ने नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् । उनी सहयोग लिएर आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेकी हुन् । त्यहा उनले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

उनले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा ४ हजार थान मास्क, ४ हजार थान फेस सिल्ड र १ हजार थान स्यानिटाईजर लगायत रहेको छ । फेसबुक पेज मार्फत कोईरालाले कोरोना महामारीमा मद्दत र उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रहरी र सामाजिक अभियन्ताहरूलाई धन्यवाद समेत दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर