नयाँ चलचित्र ‘भागवद् गीता’ निर्देशन गर्दे झरना थापा — OSNepal

नयाँ चलचित्र ‘भागवद् गीता’ निर्देशन गर्दे झरना थापा

LC (KTM) May 20, 2022 0

काठमाडौं । अभिनेत्री झरना थापाले आगामी दिनमा चलचित्र निर्देशनलाई निरन्तता दिने बताएकी छिन् । लगातार ए मेरो हजुरको सृँखला निर्देशन गरेकी उनले यो सृँखला रोकेर अब नयाँ चलचित्र ‘भागवद् गीता’ निर्देशन गर्ने भएकी छिन् । आफुले तेश्रो निर्देशनमा तयार गरेको चलचित्र ‘ए मरो हजुर ४’ पनि सफल भएपछि उनले निर्देशकीय यात्रालाई निरन्तरता दिने बताएकी हुन् ।

अभिनेत्री तथा आफ्नी छोरी सुहाना थापाको साथ उनी दुई दिन अघिमात्र अमेरिका उडेकी छिन् । केही हप्ता अमेरिका बसेर नेपाल आएपछि उनले भागवद् गीतको बाँकी काम सुरु गर्ने बताएकी छिन् । ए मेरो हजुरको तीन वटा सृँखला निर्देशन गरेर तीन वटै सृँखलाबाट व्यबसायिक सफलता हाँसिल गरेकी झरनाले अब यो सृँखलाबाट बाहिर रहेर अर्को चलचित्र बनाउन लागेको बताएकी छिन् ।

अमेरिका उड्नु अघि उनले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया दिएकी हुन् ।राजधानि दैनिकमा खबर छ । यो चलचित्रमा पनि उनले छोरी सुहाना थापा र अभिनेता अनमोल केसीलाई अनुबन्धित गरेकी छिन् ।

अनमोललाई भागवद् गीतको कथा मन परेका कारण उनी यो फिल्मसँग जोडिएको बताईएको छ । पछिल्लो समय अनमोल र सुहाना श्रीकृष्ण भक्तहरुको विभिन्न कार्यक्रममा सक्रिय हुँदै आएका छन् । अनमोल पनि श्रीकृष्णको भक्त भएकाले उनले यो फिल्म खेल्न लागेको बताईएको छ ।

तर अनमोलले यो फिल्मको ’दयगतमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनी आफ्नंै गृह व्यानरको फिल्म पारसको छायाँकनमा अब जोडिने छन् । त्यसपछि उनी अर्को फिल्म एक्स नाईनको छायाँकनमा जोडिने यी अभिनेताले बताएका छन् ।

यता चलचित्र भागवद् गीताको टिजर समेत झरनाले तयार गरेकी छिन् । तर यो टिजरमा उनले छोरी सुहानालाई मात्र नायिकाको रुपमा समेटेकी छिन् । अहिले खिचिएको टिजरमा नायकलाई समेटिएको छैन । फिल्मको टिजर समेत सार्वजनिक नगर्दै झरनाले भागवद् गीताका अमेरिका राइट्स विक्री गरिसकेकी छिन् । अमेरिका भरीको लागि झरनाको अब बन्ने नयाँ फिल्म भागवद् गीताको प्रदर्शन अधिकार नमस्ते इन्टरटेनमेन्टका अमृत राई, खेम गुरुङ र जंग राईले सँयुक्त रुपमा खरिद गरेका छन् । उनीहरुले नै ए मेरो हजुर ४ लाई अब अमेरिकामा प्रदर्शन गर्ने अधिकार पनि खरिद गरेका छन् । आफ्नो यो फिल्म र अब बन्ने फिल्मको अमेरिका प्रदर्शन अधिकार बिक्री गरेपछि छोरीसँग झरना थापा दुई दिन अघि मात्र अमेरिका उठेकी हुन् ।

नयाँ चलचित्र भागवद् गीतालाई पनि सुनील कुमार थापाले नै निर्माण गर्दैछन् । ए मेरो हजुर जस्तो सफल फिल्मको सृँखला निर्देशन गरेर सफलता हाँसिल गरेको भन्ने आरोप खेपेकी झरनाले अब भागवद् गीतबाट पनि सफलता हाँसिल गर्ने विश्वास निर्माता सुनील कुमार थापाले व्यक्त गरेका छन् । निर्माण अघि नै यो फिल्मको बिदेश प्रदर्शन अधिकार धमाधम बिक्नुले आफुहरु थप उत्साहित भएको पनि उनको कथन छ ।

चलचित्र भागवद् गीतको स्कृप्ट अन्तिम चरणमा पुगेको र केही महिना पछिबाट यसको छायाँकन सुरु गर्ने पनि निर्माता थापाको कथन छ । यो चलचित्रलाई सँभवत नयाँ वर्ष २०८० मा रिलिज गर्ने लक्ष्य उनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर