सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । मेयर पदमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता निर्वाचित भएका छन् । भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
भण्डारीले कुल ११ हजार ८२४ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी एमालेका पोखरेलले ९ हजार ५३ मत ल्याएका थिए । त्यस्तै नगरको उपमेयरमा मेहताले ११ हजार ४८० मत ल्याएर जित हाँसिल गरेकी छिन् । उनको निकट्तम प्रतिद्धन्दी एमालेकी सहजादीले ९ हजार ५३७ मत मात्र प्राप्त गरिन्।