स्थानीय तहको निर्वाचनमा सप्तरीको खडक नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। नेकपा एकिकृत समाजवादी सँग गठबन्धन गरेको माओबादीका तर्फ बाट नगर प्रमुखका उम्मेदवार बनेका जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित भएका हुन्। निकट्तम प्रतिद्वन्द्वी हेमायु हकले ५ हजार ६७ मत ल्याए । उनी हक नगरपालिकाका निवर्तमान प्रमुख समेत हुन् । नेकपा एसका तर्फबाट उपप्रमुखको उम्मेदवार बनेका शत्रुघ्नप्रसाद साह भने २ हजार ९४३ मत मात्र ल्याउन सफल भए । उपप्रमुखमा भने जसपाले बाजी मारेको छ ।
जसपाकी रिताकुमारी चौधरीले ६ हजार २३१ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका निकट्तम प्रतिद्वन्द्वी कांंग्रेसकी यसमिन सुल्तान खातुनले ३ हजार २१० मत ल्याइन् । कुल ११ वडा रहेको खडक नगरपालिकाको नगर प्रमुखमा विजयी भएको माओवादीले वडा नम्बर ६ को अध्यक्षमा पनि जित हात पारेको छ । वडा अध्यक्षमा जसपाले वडा नम्बर २, ६, ९ र ११, कांग्रेसले ३, ८ र १०, नेकपा एसले ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः १ र ६ वडा अध्यक्षमा जित हाँसिल गरेको छ ।