सबैको चासो बनेको मोरंगको उर्लाबारी नगरपालिकामा बहुमतका साथ एमालेले बाजी मारेको छ । यस नगरपालिकामा मेयर र उपमेयर सहित ५ वटा वार्ड एमालेले जितेको हो । मेयरमा एमालेका गंगा प्रसाद खरेल र उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा निर्वाचित भएका छन् । खरेलले १२ हजार १५६ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्धार खड्ग फागोले १० हजार २९० मत पाए ।
खरेलले फागोलाई १ हजार ८६६ मत अन्तरले पराजित गरेका हुन् । फागो दोस्रो कार्यकालका लागि मेयर पदका उम्मेद्धार रहेका थिए । उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा निर्वाचित भएकी छन् । उनले १० हजार ७०२ मत ल्याएकी छन् । काङ्ग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत पाइन् । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा होमिएको थियो ।
फागो पराजित हुनुमा पार्टी भित्र बाटै असहयोग हुनु, कर्मचारी तथा जनता प्रति रुखो ब्यवहार गर्नु प्रमुख कारण रहेको स्थानीयको बुझाई छ । एमालेले ९ वटा वडा रहेको उर्लाबारीमा १,३,५,७,८ नम्बर वडा जितेको हो । २,४,६, र ९ नम्बर वडाका अध्यक्ष कांग्रेसले जितेको छ ।