अर्घाखाँची:
अर्घाखाँचीको पाँच दलिय गठबन्धनलाई तोड्दै सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेकाे छ ।एमालेका श्रेष्ठले ११ हजार १३५ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा पनि एमालेकै मिश्रा आचार्य ९ हजार ६४६ प्राप्त गरि विजयी भएकी छिन ।
नेपाली काँग्रेस( गठबंधन ) की शान्ता भण्डारीले ९ हजार ३३४मत पाएकी थिन भने राजेन्द्र भुसालले ९हजार १६८मत प्राप्त गरेका छन ।यस अघि नगरप्रमुखमा श्रेष्ठले १० हजार १०० मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका(गठबंधन) शान्ता भण्डारीले ८ हजार ४६५ मत ल्याएकी थिन । सन्धिखर्क नगरपालिका भित्र १२वडा मध्य २,६,७ ,९ वडा एमाले विजयी भएको छ ।