झापा- झापा अर्जुनधारा वडा न. ३ मा गठवन्धन बाट कांग्रेसका उमेद्वार सिताराम भट्टराईले वडादक्ष्य पदमा विजय हासिल गरेका छन् । सुरुवातमा पछि पर्दै आएका भट्टराईले पछिल्लो गणनामा एमालेका उम्मेदवार हरी वाग्लेलाई उछिन्दै अग्रता लिएका हुन् । मत गणनाको अन्तिम परिणाममा १७८५ मत प्राप्त गरेर भट्टराईले जीत हात पारेका हुन् ।
संविधान सभाको पहिलो निर्वाचनमा सांसद जीतेका एमाले प्रेम गीरीको आफ्नै वडामा कांग्रेसले वडादक्ष्य जीतेको हो । प्रतिस्पर्धी एमालेका उम्मेदवार हरी वाग्लेले १४८४ मत प्राप्त गरेका छ्न् ।
यस्तै पालीकाको मेयर र उपमेयर दुबैमा एमालेले सुरुवाती अग्रता लिएको छ ।
शनिबार बाट सुरु भएको मतगणनामा एमालेका उम्मेद्वार बल देव तामङ्गले मेयर पदमा अहिले सम्म ७४३० मतका साथ अग्रता लिइरहेका छन् । उनलाई गठवन्धन बाट उम्मेद्वार बनेका कांग्रेसकी रञ्जिता कार्कीले पछ्याइरहेका छ्न् । कार्कीले ६६०६ मत प्राप्त गरेकी छन् । उपमेयरमा भने एमालेकी उम्मेदवार खड्गमाया पराजुलीले भारी मतले अग्रता लिरहेकी छन्, उनीले अहिले सम्म ७३५३ मत पाप्त गर्दा प्रतिस्पर्धी माओवादीका उमेदवार जितेश योञ्जनले ४१५७ प्राप्त गरेका छ्न् ।