महोत्तरी ५ जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–८ को मा रोचक घटना घटेको छ ।
विजयी भएको भन्दै उम्मेदवार विजय उत्सव मनाए पछि मत गन्न बाँकी रहेको एउटा मतपेटिकाको भेटिएको छ ।
यस अघि नेकपा माओवादी केन्द्रका समसेर सिंहलाई विजयी घोषणा गरिसकेको भएपनि अहिले बाँकी रहेको एक मत पेटिका गन्दा दुवैको मत बराबरी आएको छ ।
नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरले यस अघि ७४४ मत आएका कारण सिंहसँग पराजित भएका थिए ।
सिंहले यस अघि ७५१ मत पाएका थिए । अहिले दुवै जनाले ७६७ मत प्राप्त गरेका छन् ।