विराटनगर ५ जेठ । धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार दिएका हर्क साम्पाङ राईले अग्रता लिएपछि उनले अब धाँधली गर्न सक्ने अवस्था आउन सक्ने बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवार लाई पछाडि पार्दै आफुले अग्रता लिएका उनले मतगणना स्थल पब्लिक स्कुलमा दिनमा एक पटक आइदिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
अहिले सम्म उनले आठ हजार ९९८ मत पाइसकेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले आठ हजार ८८५ मत पाएका छन् । एमाले उम्मेदवार मन्जु भण्डारी सात हजार १८४ मत पाएकी छन् ।
जनताले दिएको मत आफ्नोर्फ हुँदै जादा यहाँनेर दलका साथीहरुले धाँधली गर्न सक्ने स्थिति आएको बताएका उनले धरानमा बस्ने मतदाताहरु पनि पब्लिक स्कुलमा आउन आग्रह गरेका छन् ।
‘तपाईहरुले दिएको मतको सही तरिकाले गन्ती हुन जरुरी छ, जसले जति अंक पाएको हो, उसलाई त्यती नै अंक दिनुपर्छ ।’ उनले भनेका छन् ।